मलङ्गवा (सर्लाही) । मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ। दादुराबाट प्रभावित ७ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ। सङ्क्रमणको आशङ्कामा २२ जनालाई घरमै निगरानीमा राखिएको छ।
स्वास्थ्य कार्यालयका अनुसार दादुरा तीव्र रूपमा फैलिने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। बालबालिकालाई जोगाउन माघ १२ देखि १६ गतेसम्म विशेष खोप अभियान सञ्चालन गरिनेछ। सो अवधिमा ६ महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ।