पोखरा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा कार्यक्रममा तत्काल सुधार आवश्यक रहेको बताईन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ स्थापना दिवस समारोहमा बोल्दै उनले बिमा कार्यक्रममा भइरहेको दुरुपयोग र बढ्दो खर्च राज्यका लागि चुनौती बन्दै गएको उल्लेख गरिन् ।
मन्त्री गौतमका अनुसार यस वर्ष स्वास्थ्य बिमाका लागि विनियोजित ११ अर्ब रुपैयाँ सकिएर थप ११ अर्ब खर्च भइसकेको छ । अनावश्यक जाँच, बढी सेवा उपभोग र औषधिको मूल्य असमानताले समस्या बढाएको उनको भनाइ छ । उनले खर्चमा मितव्ययिता र पारदर्शिता आवश्यक रहेकोमा जोड दिईन् ।