तनहुँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा शर्मा गौतमले शुक्लागण्डकी–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण गरेकि छन् । निरीक्षणका क्रममा उनले केन्द्रबाट प्रवाह भइरहेको सेवाबारे जानकारी लिईन ।
मन्त्री गौतमले उपचार केन्द्रलाई विशिष्ट श्वासप्रश्वास अस्पतालका रूपमा विकास गरिने बताईन । हाल ५० जनरल शय्या सञ्चालनमा रहेको केन्द्रलाई तीन सय शय्याको अस्पतालमा स्तरोन्नति गर्ने तयारी रहेको जनाइएको छ ।