काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिएको ७४औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ३९.४५ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। ९४३ जना सहभागीमध्ये ३७२ जना मात्र पास हुँदा करिब ६० प्रतिशत चिकित्सक असफल भएका हुन्।
एमबीबीएसतर्फ ७७५ जनामध्ये ३०० जना (३८.७%) उत्तीर्ण भएका छन्। भने डेन्टल (बीडीएस) तर्फ भने १७४ जनामध्ये १६८ जना सहभागी भएका थिए। तीमध्ये ७२ जना (४२.८५ प्रतिशत) उत्तीर्ण भएका छन्, जुन मेडिकलतर्फको तुलनामा केही राम्रो मानिन्छ।कम उत्तीर्ण दरले मेडिकल शिक्षाको गुणस्तर र तालिम प्रणालीमाथि फेरि प्रश्न उठाएको छ।