काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रूपमा रिफर नगर्न निर्देशन दिएको छ।
बोर्डले परिपत्र जारी गर्दै आफ्नै संस्थामा उपलब्ध सेवा हुँदाहुँदै बिरामीलाई अन्यत्र पठाउने प्रवृत्ति रोक्न भनेको हो। अनावश्यक रिफरले बिरामीलाई सास्ती हुनुका साथै अनावश्यक परीक्षण बढ्ने बोर्डको भनाइ छ।
सेवा उपलब्ध गराउन नसक्ने अवस्थामा मात्रै प्रेषण पुर्जी भरी नजिकको उपयुक्त स्वास्थ्य संस्थामा पठाउन निर्देशन दिइएको छ। अनावश्यक रिफर गरेको पाइएमा दाबी भुक्तानी रोकिने र नियम अनुसार सम्बन्धित स्वास्थ्य संस्थाको सम्झौता स्थगन वा रद्द हुन सक्ने बोर्डले चेतावनी दिएको छ।