काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ । मंगलबार मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क (एक्युआई|) १९१ मापन भएको छ, जुन ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ । यसले बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई उच्च जोखिममा पार्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ ।
एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । भारतको दिल्ली पहिलो र पाकिस्तानको लाहोर दोस्रो स्थानमा छन् ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी ले वर्षा नभए प्रदूषण अझ बढ्न सक्ने चेतावनी दिनुभयो । वातावरण अभियन्ता वर्षा पराजुली का अनुसार सवारीसाधनको बढ्दो चाप, निर्माणजन्य धुलो, वन डढेलो र लामो सुक्खा मौसम प्रमुख कारण हुन् । सरकारले सचेतना, फोहोर नबाल्ने र सडक सफाइ बढाउने जस्ता उपाय तत्काल अपनाउनुपर्ने देखिन्छ ।