काठमाडौँ। राधा क्यान्सर सचेतना फाउन्डेसनद्वारा स्थापित ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ यस वर्ष गोरखापत्रकर्मी सरोज ढुङ्गेल लाई प्रदान गरिएको छ।
कावासोती नगरपालिका–२ मा शनिबार आयोजित कार्यक्रममा उनलाई नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो। पुरस्कार वितरण गर्दै प्रमुख अतिथि डा। अभियान गौतम ले क्यान्सरजस्ता नसर्ने रोग नेपालसहित विश्वमै गम्भीर बन्दै गएको भन्दै प्रारम्भिक जाँच र सचेतनामा जोड दिनुपर्ने बताए।
पुरस्कार ग्रहण गर्दै ढुङ्गेलले स्वास्थ्य तथा क्यान्सर सचेतनाका विषयमा थप कलम चलाउन प्रेरणा मिलेको बताए। फाउन्डेसनका अध्यक्ष प्रकाश बस्याल ले महिलाहिंसा न्यूनीकरणका लागि सामाजिक सोच परिवर्तन आवश्यक रहेको बताए।