धादिङ । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको रात्री बस आज बिहान करिब १:३० बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदी नजिक त्रिशूली नदी किनारमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्, घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ।
दुर्घटनामा कम्तीमा ४५ यात्रु सवार रहेको अनुमान छ। मृतकमध्ये ४ जना महिला रहेका छन् भने हालसम्म दुई जनाको सनाखत भएको छ। सडकबाट करिब ८० मिटर तल खसेको बसको दुर्घटनाको कारण खुल्न सकेको छैन।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल सहित तीनै सुरक्षा निकायको समन्वयमा उद्धार कार्य जारी रहेको छ।