डडेल्धुरा। शेरबहादुर देउवा यस पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न गृह जिल्ला डडेल्धुरा नआउने निश्चित भएको छ।
स्वास्थ्य उपचारका लागि उहाँ बुधबार राति सिंगापुर प्रस्थान गरेकाले यस निर्वाचनमा मतदानमा सहभागी नहुने स्पष्ट भएको हो। देउवा यसअघि गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि मतदान केन्द्रबाट नियमित मतदान गर्दै आएका थिए।
देउवाको अनुपस्थितिमा डडेल्धुराबाट नेपाली कांग्रेसका तर्फबाट नैनसिंह महर उम्मेदवार रहेएका छन् ।