चिकित्सा विज्ञानमा स्तन दुख्ने समस्यालाई मास्टाल्जिया (Mastalgia) भनिन्छ। यो समस्या रजस्वला हुने उमेरदेखि रजोनिवृत्तिपछि पनि देखिन सक्छ। अध्ययनका अनुसार जीवनको कुनै न कुनै समयमा करिब ७० प्रतिशत महिलाले स्तनमा पीडा महसुस गर्छन् भने तीमध्ये करिब १५ प्रतिशतलाई उपचार आवश्यक पर्न सक्छ।
स्तन दुखाइको अवस्था र स्थान फरक–फरक हुन सक्छ। कसैलाई दुवै स्तनमा, कसैलाई एउटा स्तनमा वा स्तनमुनि दुख्ने समस्या देखिन्छ। कहिलेकाहीँ स्तन गह्रौँ भएको, कडा भएको, जलन भएको वा नरम परेको जस्तो पनि महसुस हुन सक्छ।
चिकित्सकका अनुसार स्तनको पीडा रजस्वला चक्रसँग सम्बन्धित भएमा सामान्य मानिन्छ। हर्मोनमा हुने उतारचढावका कारण रजस्वला, गर्भावस्था, स्तनपान वा रजोनिवृत्तिको समयमा स्तन दुख्ने समस्या बढी देखिन सक्छ। महत्वपूर्ण कुरा के हो भने स्तन
तैपनि स्तन दुख्नुका पछाडि कहिलेकाहीँ केही चिकित्सकीय वा अन्य कारण लुकेका हुन सक्छन् । ती निम्नानुसार छन्:
कस्टोकोन्ड्राइटिस
कस्टोकोन्ड्राइटिस एक प्रकारको बाथ समस्या हो । करङ र स्तन जोडिने स्थानमा यो समस्या आउँछ । स्तनसँग यो समस्या जोडिएको हुँदैन तर यसको पीडाले स्तन नै दुखेको जस्तो लाग्छ । पाको उमेर र बस्ने आसनका कारण यो समस्या बढी देखिन्छ ।
मास्टाइटिस
यो सङ्क्रमणले हुने गर्छ । स्तनमा हुने सङ्क्रमणले पीडा उत्पन्न हुन्छ । प्रायः स्तनपान गराइरहेका महिलालाई यो समस्या आउँछ, स्तनपान गराइरहेका महिलाको स्तनमा सरसफाइको कमीले सङ्क्रमणको जोखिम उच्च रहन्छ ।
थुनिलो भएमा बढी जसो महिलाले यो समस्या अनुभव गर्छन् । यस सङ्क्रमणले ज्वरो आउने, आलस्य लाग्ने, स्तन रातो हुने, दुख्ने लक्षण देखिन्छ ।
सिस्ट
स्तनको आकार विभिन्न खालको हुन्छ । सबै महिलाको स्तन एकै आकार प्रकारका हुँदैनन् । साथै केही महिलामा स्तन दुख्ने गर्छ भने केहीलाई खासै केही हुँदैन । महिलामा दुग्धनली वा ग्रन्थीको विकास हुँदा स्तनमा सिस्ट बन्ने गर्छ ।
स्तनको सिस्ट पानी भरिएका थैली हुन् । जो नरम वा कडा हुनसक्छ । यिनले पीडा उत्पन्न गर्न पनि सक्छन्, नगर्न पनि सक्छन् । रजस्वला अवधिमा यी सिस्ट ठूला हुन्छन् र महिला रजोनिवृत्तिमा पुगेपछि सिस्ट आफैँ हराउँछन् ।
औषधि
केही प्रकारका औषधिले समेत स्तनमा पीडा उत्पन्न हुनसक्छ । प्रजनन समस्याको उपचारमा प्रयोग गरिने औषधि, गर्भ निरोधक खाने चक्की, रजोनिवृत्तिपछि प्रयोग गरिने एस्ट्रोजिन र प्रोजेस्टेरोन हर्मोन औषधि, डिप्रेसनका औषधि, मुटुको उपचारमा प्रयोग गरिने केही औषधि, पिसाब लगाउने केही औषधि आदिले स्तनमा पीडा उत्पन्न हुनसक्ने देखिएको छ ।
असजिलो ब्रा
ब्राका कारणले पनि स्तनमा पीडा हुन्छ । धेरै चुस्त वा खुकुलो ब्रा हुँदा स्तन त्यसमा राम्रोसँग अडिँदैन । जसले गर्दा स्तन दुख्छ ।
स्तन क्यान्सर
प्रायः स्तन क्यान्सरले सुरुमा पीडा हुँदैन । यसै कारण महिलाले स्तन क्यान्सर सुरु भइसकेको सुरुमा चाल पाउँदैनन् ।
स्तनमा अस्वाभाविक गाँठो देखा प¥यो, पीडा उत्पन्न भयो, मासुको झुप्पा महसुस भयो, मुन्टाको रङ फेरियो वा रगतजस्तो देखियो भने तुरुन्त चिकित्सकको सेवा लिनुपर्छ । क्यान्सरले चर्को रूप लिएमा पीडा उत्पन्न हुन्छ । स्तनको पीडाबाट राहत पाउन हामीले केही घरेलु र व्यावहारिक उपाय अपनाउन सक्छौँ ।
घरेलु उपाय
- स्तनमा मिल्ने आकारको ब्रा लगाउने ।
- केफिन र सोडियम (नुन)को उपभोग घटाउने । चिया, चकलेट, कफी, हल्का पेय पदार्थ कम खाने ।
- चिल्लो कम खाने तथा फलफूल, तरकारी र
- अङ्कुरित खाद्यवस्तु बढी खाने ।
- उचाइ अनुसार शरीरको तौल कायम गर्ने ।
- भिटामिन बी६, बी१ र ई पाइने खाद्यवस्तु बढी खाने ।
सबै उमेरका महिलाले आफ्नो स्तनमा कहिलेकाहीँ पीडा महसुस गर्छन् । रजस्वला उमेर वा रजोनिवृत्ति दुवै अवस्थमा यो समस्या आउन सक्छ । रजोनिवृत्तिपछि स्तन दुख्ने समस्या बारम्बार हुन्छ भने तुरुन्त चिकित्सा सेवा लिन ढिलाइ गर्नुहुँदैन । तथापि अन्य उमेर समूहका महिलालाई पनि असामान्य रूपमा स्तन दुख्छ भने उपचारको बाटो समयमै खोज्न चिकित्सकले सल्लाह दिने गरेका छन् ।
सामान्यतया हर्मोन प्रणालीमा आउने परिवर्तनले गर्दा स्तन दुख्ने गरेकाले महिलाले आत्तिनु पर्दैन । रजस्वला, गर्भावस्था, स्तनपान वा रजोनिवृत्तिले हर्मोनको अवस्थामा उतारचढाव आउँछ । यसैले ती अवधिमै स्तन दुख्ने समस्या बढी उत्पन्न हुन्छ ।
डाक्टर सँगको अन्तर्वार्तामा आधारित