काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले थालेको देशव्यापी आन्दोलनका बीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अत्यावश्यक र जीवनरक्षक सेवा भएकाले उपचार सेवालाई निर्बाध रूपमा सञ्चालन गर्न अपिल गरेको हो। साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।
यता आन्दोलनको प्रभाव अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालमा पनि परेको छ। अस्पतालले मंगलबार बहिरङ्ग ९ओपीडी० सेवा स्थगित गरेको भए पनि आकस्मिक ९इमर्जेन्सी०, प्रसूति, भर्ना भएका बिरामीको उपचार तथा अन्य जीवनरक्षक सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ।
गत शनिबार अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणपछि नेपाल चिकित्सक संघले सुरक्षित कार्य वातावरण, दोषीमाथि कानुनी कारबाही र स्वास्थ्य संस्थामा प्रभावकारी सुरक्षा व्यवस्थाको माग गर्दै आन्दोलन सुरु गरेको हो।
मन्त्रालयले स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउने अधिकार सुनिश्चित गर्न र नागरिकको स्वास्थ्य सेवा प्रभावित हुन नदिन सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।