धनगढी। आमरण अनसनमा रहेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच सोमबार दोस्रो दिन पनि वार्ता जारी छ। आइतबार रातिसम्म चलेको पहिलो चरणको छलफल निष्कर्षमा पुग्न नसकेपछि दुवै पक्ष पुनः संवादमा बसेका हुन्।
सरकारले डा. केसीका मागहरूबारे छलफल भइरहेको जनाएको छ भने सहमतिको प्रयास जारी रहेको बताएको छ। यसअघि स्वास्थ्य अवस्था कमजोर बनेपछि डा। केसीलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।
डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँच बुँदे माग कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दै साउन ७ गतेदेखि धनगढीमा २४औँ सत्याग्रह सुरु गर्नुभएको हो। हालसम्म वार्ताबाट कुनै औपचारिक सहमति भने सार्वजनिक भएको छैन।