सप्तरी । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल ९दन्तरोग० ओपिडी भवनमा सोमबार आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। डेन्टल उपकरणको कम्प्रेसरमा विद्युत् सर्ट भएर आगो लागेको अस्पतालले जनाएको छ।
आगलागीबाट तीन डेन्टल उपकरण, दुई कम्प्रेसर, तीन डेन्टल कुर्सी, दुई डेस्क, एक फ्रिज र सात पङ्खा जलेर नष्ट भएका छन्। साथै ओपिडीका रेकर्ड कागजात पनि जलेर नष्ट भएका छन्।
प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति भने भएको छैन। यसबीच, नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामजी यादवले अस्पताल पुगेर आगलागीबाट भएको क्षतिको विवरणबारे जानकारी लिएका छन् ।