ललितपुर । किस्ट टिचिङ हस्पिटल मा विश्व मुख स्वास्थ्य दिवस २०२६ विविध जनचेतनामूलक कार्यक्रमसहित सफलतापूर्वक सम्पन्न गरिएको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने मूल सन्देशका साथ आयोजित कार्यक्रममा सर्वसाधारणमा मुख स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्य राखिएको थियो।
कार्यक्रमअन्तर्गत निकालिएको ¥यालीमा विद्यार्थी, स्वास्थ्यकर्मी तथा स्थानीय सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको थियो। ¥यालीमार्फत दैनिक मुख सरसफाइ, दाँतको नियमित जाँच तथा समयमै उपचारको महत्त्वबारे जानकारी दिइएको थियो।
यसैगरी, डेन्टल प्रदर्शनीमार्फत मुख तथा दन्त स्वास्थ्यसम्बन्धी विविध जानकारी प्रस्तुत गरिएको थियो भने कला प्रतियोगिताले बालबालिकाको सिर्जनात्मक क्षमता उजागर गरेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई थप आकर्षक बनाउन फ्ल्यास मोब, फेस पेन्टिङ, विभिन्न खेलकुद गतिविधि तथा सन्देशमूलक नाटक प्रस्तुत गरिएको थियो। यी कार्यक्रमहरूले सहभागीलाई मनोरञ्जनसँगै स्वास्थ्यसम्बन्धी ज्ञानसमेत प्रदान गरेका थिए।
अवसर पारेर अस्पतालले विशेष छुट योजना समेत सार्वजनिक गरेको छ। जसअन्तर्गत डेन्टल उपचारमा २५ प्रतिशत र अर्थोडोन्टिक्स ९दाँत मिलाउने सेवा० मा १५ प्रतिशत छुट प्रदान गरिनेछ। उक्त सुविधा चैत ६, २०८२ देखि वैशाख ६, २०८३ सम्म लागू हुने अस्पतालले जनाएको छ।



