काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम ले स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसँगै समाधानमुखी कदम अघि बढाएको बताईन्।
मन्त्रालयमा आयोजित कार्यक्रममा उनले औषधि खरिद, व्यवस्थापन र स्वास्थ्य बीमा सुधारमा प्रगति भएको उल्लेख गर्दै चुनौतीका बीच पनि प्राथमिकतामा राखिएका काम सफलतापूर्वक अघि बढेको बताईन्। नयाँ सरकार गठनको तयारीबीच पदबाट बिदा लिँदै उहाँले कर्मचारीहरूको कामप्रति सम्मान व्यक्त गर्दै सामूहिक प्रयासबाट उपलब्धि हासिल भएको बताईन्।
मन्त्री गौतमले मानसिक स्वास्थ्य, आप्रवासी कामदारको स्वास्थ्य तथा मातृ–शिशु स्वास्थ्यमा सुधार भएको दाबी गरिन् । स्वास्थ्य बीमामा देखिएका समस्या समाधानतर्फ काम अघि बढाइएको पनि उनको भनाइ छ । उनका अनुसार औषधि व्यवस्था सुधार, राष्ट्रिय औषधि प्रयोगशाला भवन निर्माण योजना र औषधि महाशाखा स्थापना प्रक्रिया अन्तिम चरणमा पुगेका छन् । साथै, देशभरका सङ्घीय अस्पतालमा मनोपरामर्श सेवा विस्तार गरिएको जानकारी दिइएको छ ।