मध्यविन्दु । गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सबैभन्दा बढी क्षयरोगी भेटिएका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा ३६२ जना नयाँ क्षयरोगी फेला परेका छन् भने १६ जनाको मृत्यु भएको छ।
हाल जिल्लामा सबै संक्रमित बिरामी उपचारमा रहेका छन्। तीमध्ये आठ जना बहुऔषधि प्रतिरोध ९डिआर० बिरामीलाई मध्यविन्दु प्रादेशिक अस्पतालमा आवासीय रूपमा उपचार भइरहेको छ। प्रदेशका अन्य जिल्लाको तुलनामा नवलपरासीमा क्षयरोगीको संख्या उच्च देखिएको छ। गत आर्थिक वर्षमा पनि यहाँ ६७२ जना संक्रमित भेटिएका थिए, जसले जिल्लालाई प्रदेशकै पहिलो स्थानमा राखेको छ।
जिल्लामा ७६ वटा डट्स केन्द्रमार्फत उपचार सेवा उपलब्ध छ। साथै, खोज–पड्ताल अभियानअन्तर्गत गरिएको परीक्षणबाट थप ९२ जना नयाँ बिरामी पहिचान गरिएको छ। स्वास्थ्य अधिकारीका अनुसार क्षयरोग हावाबाट सर्ने सरुवा रोग भएकाले समयमै परीक्षण र उपचार आवश्यक छ। जनचेतना अभिवृद्धि र सक्रिय खोजकार्यलाई तीव्र बनाउँदै रोग नियन्त्रणको प्रयास भइरहेको छ।
आज विश्व क्षयरोग दिवस २०२६ को अवसरमा देशभर विभिन्न सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरिँदैछन्।