काठमाडौँ। रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ७६(१) अनुसार बालेन्द्र शाह लाई प्रधानमन्त्री नियुक्त गरेका छन्। शाहले आज शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिँदै छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता शाहको नेतृत्वमा एकल सरकार बन्ने निश्चित भए पनि अन्य मन्त्रीको टुंगो अझै पूर्ण रूपमा लागेको छैन। पार्टीभित्र मन्त्रिपरिषद् गठनबारे तीव्र छलफल भइरहेको छ।
स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल, कानूनमा सोभिता गौतम र ऊर्जामा विराजभक्त श्रेष्ठ को नाम लगभग टुंगिएको छ। गृहमन्त्रीमा सुदन गुरुङ रहने चर्चा छ। यसैबीच अन्य मन्त्रालयमा पनि केही नामहरू चर्चामा रहे पनि औपचारिक घोषणा भने हुन बाँकी छ। रास्वपाले १६–१८ मन्त्रालयभित्रै मन्त्रीमण्डल सीमित गर्ने तयारी गरेको जनाएको छ।