काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता नियुक्त भएकी छिन्। प्रधानमन्त्री बालेन्द्र शाहले आज उनीसहित १५ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ खुवाएका हुन्। स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रीमा नियुक्त मन्त्री मेहताले पनि सपथ लिएकी छन्।
मेहताले भारतको ग्वालियर युनिभर्सिटीमा नर्सिङमा स्नातकोत्तर गरेकी छन् । इनरुवा इंग्लिस बोर्डिङ स्कुलकी उत्पादन उनले केही समय विराट नर्सिङ होममा समेत काम गरेकी थिइन् । उनी सुरुदेखि नै रास्वपामा आवद्ध भएर सक्रिय थिइन्।