काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखक लाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। जेनजी आन्दोलन दमनको आरोपमा उनलाई शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो।
सार्वजनिक बिदाका कारण आज अदालतमा पेश गरिएको हो। यस्तै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्य अवस्थाका कारण भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी गरिएको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसअनुसार मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै दुबै नेतामाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।