काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा कार्यरत १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको स्थानमा फिर्ता पठाएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्री निशा मेहताको मन्त्रिस्तरीय निर्णयबाट पहिलो चरणमा नवौँ र दशौँ तहका चिकित्सकको काज फिर्ता गरिएको हो।
डडेलधुरा अस्पतालमा चार, नारायणी अस्पताल वीरगञ्जमा पाँच र गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, सप्तरीमा पाँच जना चिकित्सक फिर्ता भएका छन्। मन्त्रालयले सेवा प्रवाह सुधार गर्न यस्तो निर्णय गरिएको जनाएको छ।