ढोरपाटन। बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा सङ्क्रमण अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
फागुन ८ गतेदेखि सुरु भएको सङ्क्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरिएपछि संक्रमितको संख्या घटे पनि जोखिम कायमै रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। हालसम्म १३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २०५ जना शङ्कास्पद बिरामी रहेका छन्।
१० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ९३४ जनालाई खोप लगाइएको छ। तमानखोला क्षेत्रमा समेत शङ्कास्पद बिरामी देखिएपछि पश्चिम बागलुङका अन्य पालिकामा पनि खोप अभियान विस्तार गर्ने तयारी गरिएको छ।