मुस्ताङ । मुस्ताङका पाँचवटै स्थानीय तहमा किशोरीलाई लक्षित गरी एचपिभी खोप अभियान सुरु गरिएको छ।
कक्षा ६ मा अध्ययनरत छात्रासहित विद्यालय बाहिर रहेका १० वर्षमुनिका तथा गत वर्ष खोप छुटेका गरी कुल १९४ किशोरीलाई खोप लगाइनेछ।
घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा सुरु भएको अभियान अन्य पालिकामा पनि निर्धारित मितिअनुसार सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।