बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा दादुरा संक्रमण तीव्र रूपमा फैलिँदा संक्रमितको संख्या २०५ पुगेको छ। फागुनको पहिलो साताबाट सुरु भएको संक्रमण वडा ७ बोबाङ, ८ सेराबाङ र ९ लाकुरीबोटमा बढी देखिएको हो।
बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा आइसोलेसन व्यवस्था गरी उपचार भइरहेकोमा अधिकांश बिरामी निको भएर घर फर्किएका छन्। हाल ११ जना उपचाररत छन्।
संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरिएको छ भने १०–१९ वर्षका ५,९१३ जनालाई खोप लगाइसकिएको छ। छिमेकी पालिकामा समेत संक्रमण देखिन थालेपछि सचेतना र नियन्त्रणका कार्यक्रम तीव्र बनाइएको छ।