काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधानले प्रत्याभूत गरेको स्वास्थ्य अधिकारको कार्यान्वयनमार्फत सबैका लागि स्वस्थ र सुरक्षित नेपाल निर्माण गरिने बताए।
विश्व स्वास्थ्य दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा उनले बढ्दो स्वास्थ्य चुनौती समाधानका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। मानव, पशुपन्छी र वातावरणबीचको सम्बन्ध जोड्दै उहाँले जलवायु परिवर्तन, प्रदूषण र एन्टिबायोटिकको दुरुपयोगले नयाँ जोखिम बढाएको बताए।
मन्त्री मेहताले व्यक्तिगत सरसफाइ, पशुपन्छीलाई खोप, चिकित्सकको सल्लाहमा मात्रै औषधि प्रयोग र वातावरण संरक्षणमा ध्यान दिन आग्रह गरे। ‘एक स्वास्थ्य’को अवधारणासहित आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ।