काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयस्तरका १४ हजार बालबालिकामा जन्मजात तथा बाथ मुटु रोग (आरएचडी/सीएचडी) परीक्षण गर्ने भएको छ।
स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार ४१ सामुदायिक विद्यालयमा स्क्रीनिङ् कार्यक्रम सञ्चालन गरिनेछ भने ३२ वडाका १५ स्थानमा ‘गो रेड फर वुमेन’ सचेतना अभियान पनि चलाइनेछ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा सुरु हुने यस कार्यक्रमले समयमै रोग पहिचान गरी सहज उपचारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।