काठमाडौं। नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेला ‘नेप्डेन्ट डेन्टल ट्रेड शो २०२६’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ।
मेलामा नेपालसहित विभिन्न देशका ५ सयभन्दा बढी ब्रान्ड, करिब १ सय स्टल तथा १० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ। यो मेला बी–टु–बी र बी–टु–सी दुवै प्रकृतिको भएकाले सिक्न र खरिद गर्न चाहने सबैका लागि उपयोगी हुने देखिन्छ ।
नेप्डेन्ट मेला दन्त सामग्रीको व्यापार मेला भएकाले ग्राहकहरुलाई लक्षित गर्दै अफर र छुटको व्यवस्था रहेको छ । मेलामा विभिन्न ब्राण्डहरुमा १० देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था साथै प्रवेश निस्शुल्क रहेको बताउदैँ उक्त छुट तिनदिनका लागिमात्र रहेको आयोजकले जानकारि दिएका छन् ।
अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यस मेलाले दन्त सामग्रीसम्बन्धी ज्ञान अभिवृद्धि गर्दै दन्त स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न, दक्षता बढाउन र आधुनिक प्रविधि भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास संघका उपाध्यक्ष शेखर सुवेदीले गरिएका छन्।