काठमाडौं । नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेला ‘नेप्डेन्ट डेन्टल ट्रेड शो २०२६’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ। मेलाले दन्त सामग्रीसम्बन्धी ज्ञान अभिवृद्धि गर्दै दन्त स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न, दक्षता बढाउन र आधुनिक प्रविधि भित्र्याउने हेतुले सुरु भएको छ।
कार्यक्रमको उद्घाटन संसद डा। अंकिता ठाकुरबाट भएको छ। एक्स्पोमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा करिब १ सय स्टल र नेपालसहित विभिन्न देशका ५ सयभन्दा बढी ब्रान्डको सहभागिता रहेको छ। प्रदर्शनीमा डेन्टलका लागि आवश्यक प्रविधि र अत्याधुनिक मेसिनरी प्रदर्शन गरिएको छ।
एक्स्पोको आज पहिलो दिन मेला बी–टु–बी र बी–टु–सी दुवै प्रकृतिको भएकाले सिक्न र खरिद गर्न चाहने सबैका लागि उपयोगी देखियो ।
संघका महासचिव निरन्जन खतिवडाका अनुसार पहिलो दिन नसकिदै करिब १ हजार एक सयभन्दा बढीले एक्स्पोको अवलोकन गरिसकेका छन्। मेलामा विभिन्न ब्राण्डहरुमा १० देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था साथै प्रवेश निस्शुल्क रहेको बताउदैँ उक्त छुट तिनदिनका लागिमात्र रहेको जानकारि दिएका छन् ।
चैत २६, २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने एक्स्पोमा प्रवेश निःशुल्क राखिएको आयोजकले जनाएको छ।




