काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औं राष्ट्रिय शिखर सम्मेलन आज बाट सुरु भएको छ । ‘नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया’ भन्ने नारासहित सम्मेलन आज बाट चैत २९ गतेसम्म सञ्चालन हुनेछ।
१२ औं राष्ट्रिय शिखर सम्मेलनको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादव गरेका छन्। । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन आयोजना गर्दै आएको छ ।
स्वास्थ्य र जनसंख्याका क्षेत्रमा अनुसन्धानलाई प्रवर्द्धन गर्नु, प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ गर्नु, बैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माताहरू बीच समवन्य र सहकार्यलाई थप मजबुत बनाउनु यस सम्मेलनको मुख्य उद्देश्य रहेको परिषद्का कार्यकारी प्रमुख डा। प्रमोद जोशीले बताए । हाम्रो स्वास्थ्य सेवा प्रणालीहरू अझ अनुकूलनीय, समावेशी र प्रमाण आधारित हुने डा जोशीले बताए ।
सम्मेलनमा नसर्ने तथा संक्रामक रोग, मातृ तथा बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, वित्त र जनशक्तिलगायत विषयमा छलफल तथा अनुभव आदानप्रदान हुने जनाइएको छ।
यसका साथै आयुर्वेद र परम्परागत चिकित्सा, वातावरणीय स्वास्थ्य, जलवायु परिवर्तन, पोषण, स्वास्थ्य सेवा पहुँच, बसाइँसराइ र ज्येष्ठ नागरिक स्वास्थ्यका विषयमा समेत कार्यपत्र प्रस्तुति र अन्तरक्रिया गरिनेछ। तीन दिनसम्म चल्ने कार्यक्रममा एक plenary session, ३५ वटा आमन्त्रित प्रस्तुति, १२ वटा समानान्तर सत्र तथा ५ वटा प्यानल छलफल समावेश गरिएका छन्।