काठमाडौँ। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरेसँगै स्वास्थ्य सेवा निरन्तर राख्न वैकल्पिक प्रबन्ध गर्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि कार्यबोझअनुसार बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्न भनेको छ। यसका लागि कर्मचारीलाई शनिबार बाहेक अर्को एक दिन बिदा दिने वा आवश्यक परे सट्टा बिदा मिलाएर सेवा प्रवाह गर्न भनिएको छ।
यस्तै निर्देशन प्रादेशिक अस्पताल तथा सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई समेत पठाइएको छ।
