काठमाडौं। नेपाल दन्त सामग्री वितरकहरूको संघ (एनडिडिए) को आयोजनामा भएको तीनदिने नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेला ‘नेप्डेन्ट डेन्टल ट्रेड शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।
दन्त सामग्रीसम्बन्धी ज्ञान अभिवृद्धि गर्दै दन्त स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न, दक्षता बढाउन र आधुनिक प्रविधि भित्र्याउने हेतुले चैत २६, २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको थियो ।
आयोजकका अनुसार एक्स्पोमा करिब ३ हजार १ सय भन्दा बढीले अवलोकन गरेका छन् । प्रदर्शनीमा करिब १ सय स्टल र नेपालसहित विभिन्न देशका ५ सयभन्दा बढी ब्रान्डहरु सहभागि रहेका थिए । मेलामा डेन्टलका लागि आवश्यक प्रविधि र अत्याधुनिक मेसिनरी प्रदर्शन गरिएका थिए । एक्स्पोको बी–टु–बी र बी–टु–सी दुवै प्रकृतिको भएकाले सिक्न र खरिद गर्न चाहने सबैका लागि उपयोगी देखियो ।