रौतहट । रौतहटको चन्द्रपुर–४, चन्द्रनिगाहपुरस्थित नव विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यका लागि निःशुल्क आँखा तथा कान परीक्षण शिविर सञ्चालन गरेको छ।
शनिबार आयोजित एकदिने शिविरमा ५२४ जनाले स्वास्थ्य परीक्षण गराएका छन्, जसमा २८० जनाको आँखा र २४४ जनाको कान परीक्षण गरिएको संस्थाले जनाएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित शिविरको उद्घाटन रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु पोखरेलले गरेका थिए। संस्थाका अध्यक्ष राजेन्द्र तिवारीका अनुसार सहकारीले विगत १२ वर्षदेखि यस्ता शिविर नियमित सञ्चालन गर्दै आएको छ।
इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा कान तथा दृष्टि आँखा अस्पताल, वीरगञ्जको सहयोगमा आँखा परीक्षण गरिएको थियो भने अन्य संस्थाको सहकार्यमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो।