काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ले यस वर्षको हेल्थ जर्नालिस्ट अवार्ड स्वास्थ्य पत्रकार सरोज ढुंगेल लाई प्रदान गरेको छ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२औँ राष्ट्रिय शिखर सम्मेलन समापनका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटा र परिषद्का सदस्य सचिव डा. प्रमोद जोशी ले संयुक्त रूपमा ढुंगेललाई उक्त अवार्ड प्रदान गरेका हुन्।
डेढ दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय ढुंगेल हाल गोरखापत्र दैनिकमा स्वास्थ्य बिटमा कार्यरत छन्। उनी स्वास्थ्य पत्रकार मञ्चका पूर्व अध्यक्षसमेत हुन्। यसअघि उक्त अवार्ड पवित्रा सुनार ले प्राप्त गरेकी थिइन्।
अन्य पुरस्कार तथा सम्मान
सम्मेलन समापनका अवसरमा विभिन्न विधामा योगदान पुर्याउने व्यक्तिहरूलाई पनि सम्मान गरिएको छ।
- हेल्थ रिसर्च अवार्ड: डा. अभिलाशा कार्की
- यंग हेल्थ रिसर्च अवार्ड: डा. आदेश भण्डारी
- मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट यंग हेल्थ रिसर्च अवार्ड (मेडिकल विधा): डा. मिथेश कर्ण
- हेल्थ रिसर्चर लाइफटाइम एचिभमेन्ट अवार्ड २०२५: डा. सुवर्णकुमार खत्री
यसैगरी, जेएनएचआरसी बेस्ट पेपर प्रेजेन्टेशन अवार्ड रश्मी थापा, पूजा पौडेल, विश्वास प्रधान, मेघ कोइराला र बासुदेव पराजुलीको टोलीले प्राप्त गरेको छ।
व्यक्तिगततर्फ बेस्ट पेपर प्रेजेन्टेशन (ओरल) सुवास वाग्ले र बेस्ट पेपर प्रेजेन्टेशन (पोस्टर) अनिल खड्का ले प्राप्त गरेका छन्।
त्यस्तै, एनएचआरसी बेस्ट परफर्मर अवार्ड सुदीप पौडेल लाई प्रदान गरिएको छ भने दीर्घ सेवा पदकबाट सरस्वती प्रसाद भट्टराई र विना देवी सिटौला सम्मानित भएका छन्।
कार्यक्रमले स्वास्थ्य अनुसन्धान, पत्रकारिता तथा सेवा क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै स्वास्थ्य क्षेत्रको विकासमा अनुसन्धान र सूचना प्रवाहको भूमिका महत्वपूर्ण रहेको सन्देश दिएको छ।