काठमाडौँ। आज पहिलोपटक अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले अप्रिल १५ लाई यस दिवसका रूपमा घोषणा गरेको हो।
यस दिवसको उद्देश्य सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास प्रवर्द्धन गर्नु हो। रोग लागेपछि उपचारभन्दा रोकथाम, स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमा जोड दिइएको छ। समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो ।
राष्ट्रसङ्घले परम्परागत ज्ञान र संस्कृतिलाई पनि स्वास्थ्य प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानेको छ। साथै, जनचेतना अभिवृद्धि र ज्ञान आदानप्रदानका लागि यो दिवसले सहयोग गर्ने अपेक्षा गरिएको छ।