काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि उपत्यकाबाहिर आज र भोलि मतदान भइरहेको छ भने काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदान हुने तालिका छ।
यसपटक अध्यक्ष पदका लागि डा। बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालबीच प्रतिस्पर्धा हुँदैछ। तीन प्यानलबाट कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा छन्।
देशभरका विभिन्न स्थानमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदान जारी रहनेछ। निर्वाचनबाट अध्यक्षसहित १९ सदस्यीय कार्यसमिति चयन गरिनेछ।