काठमाडौँ। काठमाडौँ महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको सहकार्यमा सञ्चालित प्राथमिक उपचार तालिम प्रभावकारी बन्दै गएको छ।
हालसम्म ६ वडाका १५१ जनाले तालिम लिएका छन्, जसमा ११४ महिला र ३७ पुरुष छन्। तालिममा सिपीआर (CPR), रक्तश्राव नियन्त्रण तथा घाइतेको प्रारम्भिक जाँचजस्ता सीप सिकाइन्छ।
महानगरले तालिमलाई सबै ३२ वडामा विस्तार गर्ने जनाएको छ।