काठमाडौं। पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा ओपीडी सेवा सीमित हुँदा बिरामीहरू मारमा परेको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक बिदाका दिन ओपीडी सेवा बन्द हुँदा सर्वसुलभ स्वास्थ्य सेवामा पहुँच घटेको र बिरामीमाथि आर्थिक भार बढेको उल्लेख गरेका छन्। स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकमैत्री बनाउनु आवश्यक रहेको उनको जोड छ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका पौडेलले आफ्नो कार्यकालमा बिदाका दिनसमेत सेवा सञ्चालन, दुई सिफ्ट ओपीडी, स्वास्थ्यकर्मी प्रोत्साहन र जनशक्ति थपजस्ता सुधारका काम अघि बढाएको स्मरण गराएका छन्।