काठमाडौँ । अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशाला मा ल्याइएका भूमिहीन तथा सुकुम्बासी नागरिकलाई काठमाडौं महानगरपालिका ले शारीरिक तथा मानसिक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।
महानगरका अनुसार हालसम्म कम रक्तचाप भएका ६ जना ९४ पुरुष, २ महिला०, ढाड तथा जोर्नी दुखाइ भएका २ पुरुष, टाउको दुखाइका समस्या भएका २४ जना ९१८ पुरुष, ६ महिला०, २ गर्भवती महिला, काटेर चोटपटक लागेका १ जना तथा अन्य विभिन्न स्वास्थ्य समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ।
यसका साथै मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइएको छ। बहुविवाहको समस्या झेलिरहेका, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका तथा रोजगारीमा रहेका अभिभावकहरूले मानसिक समस्यासम्बन्धी परामर्श लिएका छन्। स्वास्थ्य विभागअन्तर्गत महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालका अनुसार पारिवारिक अवस्था, रोजगारीको अस्थिरता र बालबालिकाको शिक्षालाई निरन्तरता दिने विषयमा चिन्ता धेरै देखिएको छ।
यसैबीच सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरहरूको हेरचाहका लागि Sneha Care र KAT Centre लगायत संस्थाहरूले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी जनावरहरूको उपचार गरिरहेका छन्।
त्यस्तै, घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कार्य पनि निरन्तर भइरहेको छ।