नेपालगञ्ज । भेरी अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहार भएको घटनापछि ओपीडी सेवा दोस्रो दिन पनि बन्द गरिएको छ।
बाँकेको बैजनाथ–६ की ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात प्रयास र धम्की दिएको आरोप छ। सो घटनापछि चिकित्सकहरूले दोषीमाथि कारबाही र सुरक्षाको ग्यारेन्टी माग गर्दै आन्दोलन सुरु गरेका हुन्।
अस्पतालले घटनामा संलग्न दुई जनाविरुद्ध उजुरी दिएको छ भने नेपाल चिकित्सक संघ भेरी शाखाले पनि २४ घण्टे अल्टिमेटम दिएको छ। ओपीडी सेवा बन्द हुँदा बिरामीहरू भने समस्यामा परेका छन्।