रौतहट । कटहरिया नगरपालिका–९ मा बोक्सीको आरोपमा एक दलित महिलामाथि जघन्य दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ। करिब ५५ वर्षीया अंकलिया देवी मुसहरलाई स्थानीय समूहले घरमै पसेर जबरजस्ती मानव मलमूत्र खुवाएको आरोप छ।
विवाह कार्यक्रममा एक बालक बिरामी परेपछि जादूटुनाको आरोप लगाउँदै १५–२० जनाको समूहले आक्रमण गरेको पीडित परिवारले जनाएको छ। विरोध गर्दा कुटपिटसमेत भएको बताइएको छ।
प्रहरीले पीडितको उद्धार गरी उपचार गराएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।