गण्डकी। गण्डकी प्रदेशमा चालु आर्थिक वर्षमा ७ हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। यसमा अपाङ्गता भएका व्यक्ति, मिर्गौलापीडितका परिवार, द्वन्द्वपीडित, पत्रकार तथा अन्य लक्षित समूह समेटिएका छन्।
हालसम्म प्रदेशका ४ लाख ४४ हजारभन्दा बढी परिवार (करिब ६७%) बीमामा आबद्ध छन् भने करिब ५५% जनसंख्या यसबाट लाभान्वित भएका छन्। बीमा नवीकरण दर पनि ७५% पुगेको छ। पाँच जनासम्मको परिवारले वार्षिक ३,५०० रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको उपचार सेवा पाउँछन्, जसमा औषधि, शल्यक्रिया र जटिल रोगको उपचारसमेत समावेश छ।