काठमाडौं । नेपाल चिकित्सक संघको मतगणना उपत्यकाभित्र प्रवेश गरेसँगै चुनावी समीकरणमा उल्लेखनीय परिवर्तन देखिएको छ। कुल ६,७१५ गणना भइसकेको अवस्थामा उपत्यका बाहिर अग्रता लिएका अध्यक्ष पदका उम्मेदवार डा. मंगल रावललाई डा. बद्री रिजालले पछि पार्दै मतान्तर फराकिलो बनाएका छन्।
महासचिव पदमा पनि डा. विश्वराज दवाडी र वरिष्ठ उपाध्यक्षतर्फ डा. सञ्जीव तिवारीले अग्रता कायम राखेका छन्। सदस्य पदमा पनि उल्लेखनीय फेरबदल देखिएको छ । डा. राकेश शाह पहिलो, डा अमित झा दोस्रो, डा. पल्पसा श्रेष्ठले तेस्रो डा. सुस्मित काफ्ले चौथो, डा. बीना श्रेष्ठ र डा. शेषराज घिमिरेले अग्रता लिएका छन् भने लामो समय अग्रस्थानमा रहेका डा. अरुण उप्रेती सातौँ स्थानमा झरेका छन्।
प्रमुख पदहरूको वर्तमान मत परिणाम
अध्यक्ष
डा. बद्री रिजाल —३०२१
डा. मंगल रावल — २७८४
डा. नारायण प्रसाद भुसाल — ८२३
वरिष्ठ उपाध्यक्ष
डा. सञ्जीव तिवारी — २८४७
डा. कीर्तिपाल सुवेदी — २१८९
डा. अजय कुमार मिश्रा — १३५६
महासचिव
डा. विश्वराज दवाडी — २५७४
डा. कालु सिंह खत्री — २३११
डा. अमृत भुसाल — १५५२
कोषाध्यक्ष
डा. संयुक्त आचार्य — ३००४
डा. चाँदनी जैसवाल — १९९१
डा. बिनोद कुमार महसेठ — ९३१
सह-सचिव
डा. हुलास अग्रवाल — ३३३९
डा. रामजीवन प्रसाद —१४७४
डा. सन्तोष अधिकारी — १३१४
सह-कोषाध्यक्ष
डा. तेन्जु सिंह मल्ल — ३०९२
डा. सुभाष गुरुङ — २१७७
डा. राजकुमार दंगाल — ८०२
प्रदेश उपाध्यक्षहरू
कोशी: डा. रोशन खड्का २८४५
मधेश: डा. अमित रंजन मिश्र २९३३
बागमती: डा. सुवास भट्टराई २२४७
गण्डक: डा. यज्ञराज सिग्देल २९३३
लुम्बिनी: डा. नन्दा कुमारी गुरुङ २७४७
कर्णाली: डा. रबिन खड्का २३५९
सुदूरपश्चिम: डा. प्रमोद जोशी ३२८५
सदस्य पदमा प्रतिस्पर्धा
सदस्य पदमा पनि कडा प्रतिस्पर्धा देखिएको छ। डा. राकेश शाह २६४८, डा. अमित झा २६४७ , डा. पल्पसा श्रेष्ठ २५९१ लगायत उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्।