काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न प्रतिष्ठान, बोर्ड र परिषद्मा कार्यरत १ सय ९३ पदाधिकारी पदमुक्त भएका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश, २०८३ कार्यान्वयनसँगै उनीहरूलाई पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पदमुक्त भएका पदाधिकारीलाई औपचारिक जानकारी पठाउने प्रक्रिया सुरु गरिएको छ। निर्णय स्वास्थ्य क्षेत्रका विभिन्न प्रतिष्ठान, स्वास्थ्य बिमा बोर्ड, नेपाल मेडिकल काउन्सिल तथा अनुसन्धान परिषद्सहितका निकायमा लागू भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते जारी गरेको अध्यादेशअनुसार उक्त पदमुक्ति अध्यादेश लागू भएकै दिनदेखि प्रभावकारी भएको मन्त्रालयले जनाएको छ।