काठमाडौँ । सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्स प्रयोग गरेर भइरहेको गाँजा तस्करी प्रहरीले असफल बनाएको छ। बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडाबाट मंगलबार बीआर ०७ पीसी ४७६५ नम्बरको भारतीय एम्बुलेन्सबाट १४८ किलो गाँजा बरामद गरिएको हो।
शंकास्पद रूपमा भाग्न खोजेपछि प्रहरीले एम्बुलेन्सलाई पछ्याएर नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा प्लास्टिकका बोरामा लुकाएर राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भारत, बिहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र २१ वर्षीय मोहम्मद सदामलाई पक्राउ गरिएको छ। दुवैलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।