काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको बीमा व्यवस्थापन सूचना प्रणाली (HMIS) आज शुक्रबार साँझ केही समयका लागि अवरुद्ध हुने भएको छ। बोर्डले सूचना जारी गर्दै साँझ ६ बजेदेखि राति ९ बजेसम्म प्रणाली बन्द रहने जनाएको हो।
बोर्डका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गत रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्रमा सञ्चालनमा रहेको सर्भर परिवर्तन ९रिप्लेस० तथा पुनर्स्थापना गर्नुपर्ने भएकाले सेवा अस्थायी रूपमा रोकिन लागेको हो।
यस अवधिमा स्वास्थ्य बीमा सम्बन्धी अनलाइन सेवा, दाबी प्रविष्टि तथा प्रणालीमार्फत हुने अन्य कार्य प्रभावित हुने बोर्डले जनाएको छ। सेवा अवरुद्ध हुने समयअघि नै आवश्यक दाबी तथा विवरण प्रविष्ट गरिसक्न बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ। बोर्डले सेवा बन्द हुँदा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “सर्भर रिप्लेस तथा पुनर्स्थापनाको कार्यका कारण आज साँझ ६ बजेदेखि राति ९ बजेसम्म बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने जानकारी गराइन्छ।”
