काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) को २०औँ वार्षिक साधारणसभाबाट शैलेश कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
कुपण्डोलस्थित हिमालया होटल मा शुक्रबार सम्पन्न साधारणसभाबाट कँडेल निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन्।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा विनोद कुमार मानन्धर, द्वितीय उपाध्यक्षमा समिर मरहट्ठा, महासचिवमा दीपक शर्मा, सचिवमा विजय खनाल तथा कोषाध्यक्षमा निर्मल रेग्मी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा विनयराज सिटौला, गणेशप्रसाद सापकोटा, खडानन्द पाण्डे, विजय महर्जन, बाबुराम भण्डारी र श्रीकृष्ण भण्डारी निर्वाचित भएका छन्।
संघका निवर्तमान अध्यक्ष भक्त बहादुर हमाललाई पनि विधानअनुसार कार्यसमितिमा समावेश गरिएको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अधिवक्ता शिवराज धिताल ले प्रमाणपत्रसहित स्वागत गरेका थिए।
कार्यक्रममा निवर्तमान अध्यक्ष हमालले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।