बैतडी । बैतडीमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्ने अभियान जारी छ। वैशाख १५ गतेदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म ७ हजार ९६ बालबालिकाको परीक्षण गरिएको छ।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार जाँच गरिएकामध्ये ४ सय ८ जना बालबालिकामा कुपोषण भेटिएको छ। तीमध्ये ७३ जनामा कडा शीघ्र कुपोषण र ३ सय ५५ जनामा मध्यम शीघ्र कुपोषण देखिएको हो।
जिल्लाभरिका ८४ वटै वडामा सञ्चालन भइरहेको अभियानमा बालबालिकाको पाखुराको नाप, उचाइ र तौल परीक्षण गरिँदैछ। वैशाख ३० गतेसम्म सञ्चालन हुने अभियानपछि कुपोषित बालबालिकाको व्यवस्थापन कार्यक्रम अघि बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ।