स्याङ्जा । स्याङ्जाको वालिङमा गण्डकी प्रदेश स्तरीय सात दिने योग शिविर तथा सह–योग शिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । स्वस्थ जीवनशैली र मानसिक सन्तुलन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता रहेको छ ।
वालिङ उपप्रमुख कविता गैह्रेले योगलाई स्वस्थ र अनुशासित जीवनको आधार भएको बताउँदै दैनिक अभ्यासले शरीर र मन दुवैलाई सन्तुलित बनाउने धारणा राख्नुभयो ।
पतञ्जलि योगपीठ हरिद्वारकी साध्वी देवादितिको मुख्य प्रशिक्षण रहेको शिविरमा बिहान निःशुल्क योग अभ्यास तथा दिनभर सह–योग शिक्षक प्रशिक्षण सञ्चालन हुनेछ । तालिम पूरा गर्ने सहभागीले प्रमाणपत्र र सदस्यता प्राप्त गर्ने आयोजकले जनाएको छ ।