दमौली । तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा २६६ जना दीर्घरोगीलाई रु ३९ लाख २८ हजार आर्थिक सहयोग गरेको छ। नगरपालिकाले मासिक रु पाँच हजारका दरले उक्त रकम सम्बन्धित बिरामीको बैंक खातामा जम्मा गरेको जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार क्यान्सर, मिर्गौला रोग, मुटुरोग र पक्षघातलगायतका दीर्घरोगबाट पीडित नागरिकलाई उपचारमा राहत पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक सुरक्षा तथा जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए। स्थानीयवासीले आर्थिक अभावमा उपचार गराइरहेका बिरामीका लागि यो सहयोग राहतदायी बनेको बताएका छन्।