नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनामुनिका ३ हजार ४ सय ३८ र १६ देखि २३ महिनाभित्रका २ हजार ७ सय ३५ बालबालिकाले सबै आवश्यक खोप पाएपछि यो घोषणा गरिएको हो।
स्वास्थ्य महाशाखाका अनुसार छुटेका १२ शून्य डोजसहित २ सय ७६ बालबालिकालाई खोजी गरी घरघरमै पुगेर खोप सेवा प्रदान गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिन सबैको सक्रियता आवश्यक रहेको बताए।