ठमाडौँ । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।
भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे । साथै राष्ट्रिय स्वास्थ्य प्रतिष्ठान सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्र स्थापना र स्वास्थ्य पूर्वाधार विकासमा आगामी सहकार्यबारे पनि छलफल भएको थियो ।
राजदूत श्रीवास्तवले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा भारतको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।